Skin_Hospital_Dhn

बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प, तीन वडा सम्पर्कविहिन

बाजुरा ।
बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयी अधिकारीले बताए ।

भूकम्पका कारण केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिककाको वडा नम्बर ३ सहित १ र २ नम्बर वडा अहिले सम्पर्कविहिन बनेको छ ।

गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेका अनुसार तीन वडा सम्पर्कविहिन हुँदा सो वडामा पारेको क्षतिबारे विवरण नभएको बताए ।

भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।

भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घरसहित भवानी माविको एक ब्लक भत्केको छ ।

सम्बन्धित
Loading...