सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं ।
सामान्य अंकले नेप्से परिसूचक वृद्धि भएको छ। नेप्से परिसूचक ८.१५ अंकले वृद्ध भएर २१७३.२५ विन्दुमा अडिएको छ । अघिल्लो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य करेक्सन आएको थियो । सो दिन २.०५ अंकले बजार ओरालो लागेको थियो।
यसदिन २४८ कम्पनीको ८३ लाख १८७ कित्ता सेयर ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँमा खरिदबिक्री भयो । सोमबार ३ अर्ब ८६ करोड रुपैयाँमा सेयर किनबेच भएको थियो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। फाइनान्स समूहको सूचक सर्वाधिक ३.८८ प्रतिशतले बढ्यो।
यस्तै, म्युचुअल फन्डको २.१० प्रतिशतले ओरालो लाग्यो । दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्ष स्थानमा रहयो। सो कम्पनीको १२ करोड बढिको सेयर खरिदबिक्री भएको थियो ।