
धनगढीः कैलालीमा लागूऔषधसहित तिन जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरबाट एक युवक र धनगढी उपमहानगरपालिका–४ तुल्सी राम मावि नजिकबाट एक युवतीसहित दुई जना पक्राउ परेका हुन् ।

गोदावरी नगरपालिका–१ भरतपुरबाट सोही ठाँउ बस्ने १९ वर्षीय रमेश बडैलालाइ ३ ग्राम ४१० मिलिग्राम लागूऔषधसहित प्रहरीले हिजो (सोमवार) पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बडैलाको घरबाटै उनलाई पक्राउ गरेको बताइएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–४ तुल्सी राम मावि नजिकबाट सोही ठाँउ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया सिर्जना चौधरी २ ग्राम लागू औषधसहित हिजो (सोमवार) दिउँसो पक्राउ परेका हुन् ।
अस्थाई प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
