Skin_Hospital_Dhn

कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा दुइ जना पक्राउ

धनगढीः कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा दुइ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक विद्युतीय अपराधको आरोपमा पक्राउ परेका हुन् ।

उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई पनि पक्राउ गरेको थियो । भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय भट्टलाई गड्डाचौकीबाट र कुँवरलाई उनको घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए । उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्‍दा दर्ता गरेको छ ।

सम्बन्धित
Loading...