Skin_Hospital_Dhn

प्रसाईं र लिङ्देनबीच सहकार्यको सहमति

काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू पनि सहभागी हुने भएका छन्।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रसाईंको कार्यक्रममा पार्टीका नेताहरू सहभागी हुनेछन्, तर संस्थागत रूपमा होइन, व्यक्तिगत रूपमा।

‘प्रसाईंको अभियानलाई राप्रपाको नैतिक समर्थन छ’, उनले भने, ‘राजसंस्था पुनःस्थापना गर्ने, संघीयता खारेज गर्ने व्यक्ति, समूह तथा दल त हाम्रा निकट भइहाले नि, राप्रपाका व्यक्तिहरू जान सक्छन् इन्डिभिजुअल्ली (व्यक्तिगत रूपमा), तर संस्थागत सहभागिता हुँदैन।’

सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंबीच सहकार्य गर्ने सहमति भएको जानकारी उनले दिए। ‘अध्यक्षसँग हिजो भेट भएको छ, कुन मो्डलबाट सहकार्य हुनसक्छ भन्ने बारेमा छलफल गर्न हामीले दुई जनालाई जिम्मेवारी दिएका छौँ– महामन्त्री धवलशमशेर राणा र उपाध्यक्ष हेमजंग गुरुङलाई’, प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरूले दुर्गाजीसँग बसेर सहकार्यको सम्भावना, मोर्चा बनाएर जान सकिने सम्भावनाबारे कुरा गर्नुभयो।’

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) पहिलो वार्षिकोत्सव मनाउँदै छ। वार्षिकोत्सव कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा अहिले बिहान साढे ११ बजे सुरु हुने अभियानका संयोजक प्रसाईंले जानकारी दिएका छन्। यसलाई उनले ‘नागरिक मुक्तिको आन्दोलनको अन्तिम भाग’ भनेका छन्।

सम्बन्धित
Loading...