Skin_Hospital_Dhn

चार क्विन्टल गाँजासहित दुई जना पक्राउ

सुनसरीः वराहक्षेत्र नगरपालिका–९ राजाबासबाट चार क्विन्टल लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका–८ बस्ने २७ वर्षीय लक्ष्मण राईलाई प्रहरीले करिब ४ सय ६ किलो ९ सय ४० ग्राम गाजासहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले वराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...