

धनगढीः कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका-५ अमौरा स्थित सडक खण्डबाट लम्की चुहाका नवीन सिलाल लागूऔषधसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा अमौरा स्थित सडक खण्डबाट लम्की चुहा नगरपालिका-२
कान्छिबजार बस्ने २१ वर्षीय नवीन सिलाललाई ८८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित हिजो (मंगलबार) साँझतिर पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
