धनगढी ।
एक अविवाहित बालिकाले कञ्चनपुरमा बच्चा जन्माएकी छिन् । जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएकी हुन्।
बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने खुलेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।