Skin_Hospital_Dhn

नेपाली टोलीमा दुई परिवर्तन, अनिल र देव टोलीमा समेटिए, अर्जुन र रिजन बाहिरिए

काठमाडौंः बिहीबारदेखि नेपालले घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा दुई परिवर्तन गरेको छ । नेपालले क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव खनाल नेपालको लिग-२ टोलीमा समेटिएका छन् ।

यसअघि घोषणा टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् । अनिलले क्यानडासँग दोस्रो ओडीआई खेलमा ५० र तेस्रोमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । उता नेपालबाट यू-१९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका देवले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए । त्यसैको कारण यी दुई खेलाडीलाई नेपालले लिग-२ मा समेटेको हो ।

नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टि-२० आई सिरिज खेल्ने कार्यक्रम छ ।

नेपालको टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

सम्बन्धित
Loading...