

बैतडी: बैतडीमा लागूऔषधसहित बझाङका एक जना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-९ श्रीभाबर स्थित खोड्पे बझाङ सडक खण्डबाट बझाङको बित्थडचिर गाउँपालिका-५ बस्ने ६४ वर्षीय धौले महर हिजो (मंगलवार) साँझ लागूऔषधसहित पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोड, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरको साथबाट २ किलो ३९० मिलिग्राम लागूऔषध चरेस फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
