

डोटीः डोटीमा बाघको आक्रमणबाट ९ बाख्रा मारेका छन् । जिल्लाको जोरायल गाउपालिका–६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो ।
सोमवार राति स्थानीय धर्मादेवी साँउदको घर नजिकैको बाख्रा खोरमा बाघ पसेर खोर नै रित्याईदिएको छ । ९ बटा बाख्रा रहेको खोरमा बाघले सबै बाख्रा मारेको हो । राति पसेको बाघले बाख्राको घाटीबाट रगत खाएर मारेर छोडेको छ । पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्दै आएको थियो ।
