
धनगढीः नेकपा (माओवादी केन्द्र) का युवा नेता चन्द्रकान्त भट्ट (सिके) पक्राउ परेका छन्। कञ्चनपुर प्रहरीले विद्युतीय अपराधको आरोपमा उनलाई पक्राउ गरेको हो।

जिल्लाको भीमदत्त नगरपालिका–१७ का भट्टलाई बुधबार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन्।

उनलाई कमेन्ट् गरेको र फेसबुकमा लेखेको आधारमा पक्राउ गरिएको बुझिएको छ। सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई पक्राउ गरेको थियो।
उनीहरूलाई कमेन्ट् गरेको आधारमा पक्राउ गरिएको बुझिएको छ। कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो। उनीहरूविरुद्ध विद्युतीय अपराधमा मुद्दा दर्ता गरेर कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।
