
बाजुरा: आगलागीबाट बाजुरामा एक घर जलेर नष्ट भएको छ। जिल्लाको गौमुल गाउँपालिका–१ माडीमा आगलागीबाट एक घर जलेर पूर्णरूपमा नष्ट भएको हो।

गएराति साढे ८ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा आगलागी भएको थियो। स्थानीय महेन्द्र रोकायाको घरमा अचानक आगलागी भएको हो। घरको भान्छाबाट आगलागी भएको बताइएको छ।

आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको घरधनी रोकायाले बताए। आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीको थप तथा यकिन विवरणका लागि इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाबाट प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
