

अछामः अछाममा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका-५ स्थित बजारबाट सोही ठाउँ बस्ने २२ वर्षीय अरुण टेलर र मंगलसेन नगरपालिका-४ बस्ने २० वर्षीय जिवन भुल लागूऔषधसहित हिजो (बुधवार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ५ थान प्रिगाबालिन लेखेको लागूऔषध फेला पारी दुबैलाई पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
