
धनगढी: नेपाल प्रहरीका एक हवल्दार मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी चौकी भात्काँडा डडेल्धुरामा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन्।

कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएका ठकुल्लाको शव बुटवल उपमहानगरपालिका-७ स्थित शिवनगर सामुदायिक वनमा सडिकसको अवस्था भेटिएको रुपन्देही प्रहरीले जनाएको छ।
एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
