बाजुराः बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको त्रिबेणी नगरपालिका ४ घट्टेखोला स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय रुपक साउँद बिहीवार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ।