

धनगढीः बैङकिङ कसुर मुद्दाकी फरार प्रतिबादी जानकी कुवँर धनगढीमा पक्राउ परेकी छिन् । जिल्ला अदालत कञ्चनपुरले २०८० पुस २ गते बैङकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख ६० हजार जरिवाना फैसला सुनाएपछि कुवँर फरार रहेकी थिइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ बस्ने ४५ वर्षीया कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले हिजो (बिहीवार) दिउँसो धनगढीबाट गरेको बताइएको छ।
