
डोटीका चारसय भुकम्प पिडित परिवारलाई नेपाल परिवार दल द्वारा राहत वितरण
नेपाल परिवार दल द्वारा राहत वितरण
डोटीका चारसय भुकम्प पिडित परिवारलाई नेपाल परिवार दलले राहत वितरण गरेको छ ।

नेपाल परिवार दलका सुदूरपश्चिम सयोजक खडक नागरीको पहल र बोधिसत्व बिहारको सहयोगमा सायल गाउँपालिका वडा न ५ डोटी का चारसय परिवारलाई राहत वितरण गरिएको हो ।

भुकम्प पिडितहरुलाई खाद्यवस्तु ,औषधि ,कापि तथा कम्बल वितरण गरिएको छ । त्यस्तै डोटीको श्री कालिका मा।वि का २०० जना विद्यार्थीलाई स्टेशनरी सामग्री ,२०० जनालाई बलाङकेट समेत वितरण गरिएको थियो । राहत वितरणको क्रममा बोधिसत्व विहारका अध्यक्ष लगायतका विदेशी नागरिकहरुले भुकम्पबाट क्षति भएका घरहरुको अवलोकन गरि सो क्षेत्रका घरहरु मर्मतका लागि आसवासन दिएका छन् ।
डोटीमा यही कार्तिक २२ गते गएको ५ दशमलव ७ म्याग्नीच्युयडको भुकम्पले ६ जनाको ज्यान जानुका साथै सातसय बढी घरमा क्षति पुर्र्याको छ ।
