Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौंः नेपाली बजारमा साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी बिहीबार १३७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
Loading...