आजको मौसम: मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कायमै रहेकाे छ । आज पनि केही भू-भागमा आंशिक बदली रही हल्का वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भू-भागमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

उच्च पहाडी भू-भागमा हल्का हिमपात हुने हुनाले चिसो बढ्ने विभागको भनाइ छ । भोलि बिहीबार प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सफा रहने छ ।

त्यस्तै, माघ १३ गते शुक्रबार पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...