Skin_Hospital_Dhn

आत्मदाह प्रयास गरेका आचार्यको निधन

काठमाडौं ।
हिजो (मंगलबार) काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए ।

आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उनको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

उनको करिब ८० प्रतिशत शरीर जलेको बताइएको थियो । इलामको सूर्योदय नगरपालिकाका उनी आफू हरेक क्षेत्रबाट निराश भएको बताएका थिए ।

आत्मदहको निर्णय अघि उनले निकै लामो निरासाको स्टाटस लेखेको थिए ।

सम्बन्धित
Loading...