Skin_Hospital_Dhn

लागुऔषध चरेस र सालकको खपटासहित तीन जना पक्राउ

मकवानपुरः मकवानपुरमा लागुऔषध चरेस र सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । जिल्लाको थाहा नगरपालिका-९ टिपटारबाट करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका-७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिपकुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

शंकाको आधारमा इलाका प्रहरी कार्यालय चित्लाङ र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।

सम्बन्धित
Loading...