Skin_Hospital_Dhn

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँः नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेको सुन आज ५०० रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार तोलाको १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
Loading...