
काठमाडौंः राप्रपाले पनि बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सांसद दीपक सिंहले छानबिन समितिले दोषी ठहर गरेका मन्त्री ज्वालाको राजीनामा माग माग गरेका हुन् ।

“छानबिन समितिले दोषी ठहर गरेको छ । मन्त्री ज्वालालाई हटाउन राप्रपा माग गर्दछ,” उनले भने । यसअघि एमाले र रास्वपाले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए । शुक्रबार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गर्दै गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
