Skin_Hospital_Dhn

डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ संग पराजित

काठमाडौंः डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ संग पराजित भएको छ । आज (आइतबार) मुलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको २१७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो । क्यानडाका लागि नवनीत धलीवालले ८० रन जोड्दा निखिल दत्ताले नटआउट ६७ रन र श्रेयस मोभ्भाले नटआउट २३ रन जोडे ।

बलिङमा नेपालका साहब अलामले २ विकेट लिए । उनले १० ओभरमा ३१ रन खर्चिए । यस्तै, प्रतिश जिसी, रशिद खान, सागर ढकाल र बसिर अहमदले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर ८ विकेटको क्षतिमा २१६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले नटआउट ५० रन जोडे । उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, रशिद खानले ४० रन, किरण ठगुन्नाले २५ रन, विवेक यादवले २१ रन, ओपनर मयन यादवले ३५ रन र सन्दीप जोराले १४ रन जोडे ।

बलिङमा क्यानडाका साद बिन जफरले ३ विकेट लिए भने इश्वर सोधीले २ विकेट हात पारे ।

नेपाली क्रिकेटको इतिहासमा राष्ट्रिय टिमको ब्याकपअको रुपमा रहेको ‘ए’ टिमले पहिलो पटक खेल खेलेको हो । अब दुई टिमबीच फागुन ८ गते दोस्रो र १० गते तेस्रो खेल हुनेछ ।

सम्बन्धित
Loading...