Skin_Hospital_Dhn

सशस्त्रका डीएसपी केसी पक्राउ, महिलाको अश्लिल भिडिओ खिचेको आरोप

काठमाडौं: महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूले डिएसपी तुलसिंह केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। शनिबार राति केसीले हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोप छ।

उनले भिडिओ खिचेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। पोखरास्थित नम्बर ४ बाहिनीमा कार्यरत उनी बिदामा थिए। कसैको अनुमति बिना तस्बिर वा भिडिओ खिच्न नपाइने भन्ने कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।

सम्बन्धित
Loading...