Skin_Hospital_Dhn

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौँ: पर्सा प्रशासनले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको छ। उक्त आदेश आज सोमबार साँझ ५ बजेदेखि लागू भएको छ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

केहीदिनअघि रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादपछिको झडपका विषयमा वीरगञ्जमा आज प्रदर्शन गरिएको थियो।

उक्त प्रदर्शनमा विवाद र झडपको स्थिति उत्पन्न भएपछि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। यसअघि सोही विषयमा ईशनाथ नगरपालिकाको केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो।

 

 

सम्बन्धित
Loading...