काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार उक्त सुन तोलामा १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
