
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बैठक आह्वान गरिएको हो।

आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाएको पार्टीले जनाएको छ।
बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा पनि छलफल हुनेछ।
