Skin_Hospital_Dhn

ऋण लिएर तिर्दैन भन्नेहरुलाई निगरानीमा राख्न गृहमन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्जः गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दैन भन्नेहरुलाई निगरानीमा राख्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले बाँकेको नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठले ऋण लिएर तिर्दैन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए।

गृहमन्त्री श्रेष्ठले भने, ‘ऋण लिएर ऋण तिर्दैन भन्दै अवाञ्छित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने जस्ता गतिविधिप्रति चनाखो हुनुपर्छ ।’

वित्तीय अपराधका कारण ठूलो संख्यामा नागरिक ठगिएका, सहकारी, मिटर ब्याज, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा अधारित भएर गरिएका अवैध काम, वैदेशिक रोजगारीका नाममा ठगी चुनौतीका रुपमा देखिएको समेत उनले बताए ।

आर्थिक रुपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउन लागेको जानकारी गृहमन्त्री श्रेष्ठले जानकारि दिए ।

सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनुत्तरदायी प्रवृत्ति र भ्रष्टाचार प्रमुख चुनौतीका रुपमा देखापरेको भन्दै उनले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उल्लेख गरे।

सम्बन्धित
Loading...