
काठमाडौंः नेप्से परिसूचक आज दोहोरो अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको हो ।
सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घटेर ३५९.५७ विन्दुमा कायम भएको छ । यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँमा खरिदबिक्री भए । सेयर बजार दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।


आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । समाज लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो । जोशी हाइड्रोपावरको ९.८७ प्रतिशतले बढ्दा सालिङ पावरको ९.८५,बोटलर्स नेपाल (बालाजु)को ८.२४ र बोटलर्स नेपाल (तराई)को ५.७३ प्रतिशतले मूल्य बढेको हो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १७८ रुपैयाँको सेयर खरिदबिक्री भयो ।
यसैगरी गुराँस फाइनान्सको १४ करोड १ लाख, जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख, एनआईसी एसिया बैंकको ६ करोड ४० लाख र नगदी ग्रुपको ६ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।
कारोबारमा आएका ४९ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
