Skin_Hospital_Dhn

समर्पण पुस्तक पसलले ल्यायो नयाँ स्किम : गोला प्रथाबाट १० पुस्तक दिने

कैलालीः कैलालीको धनगढीमा रहेको समर्पण पुस्तक पसलले पुस्तक पारखीहरूको लागि नयाँ स्किम ल्याएको छ। गोला प्रथाबाट १० पुस्तक दिने स्किम ल्याइएको पुस्तक पसलका संचालक डिल्लीराज ओझा समर्पणले बताए।

‘धनगढीमा पुस्तक पारखीहरूको संख्या बढाउन यस्तो स्कीम ल्याइएको हो’ उनले भने ‘अब कम पैसामै धेरै पुस्तक पढ्न पाइने छ। ’ २ सय रुपैयाँमा मदन पुरस्कार विजेता सहितका १० पुस्तकका लागि गोला प्रथा सुरु गरिएको उनले बताए।

पहिलो दिनको गोला प्रथा पत्रकार भानुभक्त आचार्यले जितेका छन्। आचार्य नेपाल प्रेसका सुदूरपश्चिम संयोजक तथा पश्चिम टुडेका सम्पादक हुन्। उनी पुस्तक पढ्न र पुस्तक बारे विश्लेषण लेख्न रुचि राख्छन्। गोलाप्रथाको निश्पक्षताका लागी समर्पण पुस्तक पसलको फेसबुक आइडिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका शिक्षक तथा साहित्यकार हर्क बोहराले प्रत्यक्ष प्रसारणकै बिचमा टोकन उठाएका थिए। २४ जना सहभागीमध्ये आचार्यले पुस्तक पाएका हुन्।

उनले ऐँठन, हृदय, दोरी खण्डहर दरबार, साँखेजुङको उकालो, बिगन रामको मादल, नाजवाफ, रुमानी, मुकाम रणमैदान र अन्तर पुस्तक उपलब्ध गराइने ओझाले जानकारी दिए। ओझा आफैँ पनि साहित्यकार हुन्।

२०७३ सालमा पसल सुरु गरेका उनी सृजनशील मञ्च सुदूरपश्चिमको सचिव हुन्। कैलाली जनपुस्तकालय, सुदूरपश्चिमाञ्चल साहित्य समाज प्रतिभा सामुदायिक पुस्तकालयमा आवद्ध छन्। उनले आगामी दिनमा निरन्तर पुस्तक पारखीहरूका लागि कम पैसामा नयाँ नयाँ स्किमसहित उत्कृष्ट साहित्यिक पुस्तक उपलब्ध गराइने बताए।

सम्बन्धित
Loading...