आजदेखि मौसम सफा,देशभरकै तापक्रम बढ्न थाल्यो

काठमाडौं।

आज (विहीबार)देखि मौसम सफा हुँदैछ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

आजदेखि ती क्षेत्रमा पनि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना भएतापनि वर्षा भने हुने छैन ।

पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । शनिबारदेखि भने अर्को प्रणाली भित्रने सम्भावना रहेको छ ।

यो सङ्गै, देशभरकै तापक्रम बढ्न थालेको छ । वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति चिसो बढे पनि अब बिस्तारै तापक्रम बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

DHN_Aaglagi
सम्बन्धित
Loading...