
काठमाडौंः नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ र रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।
