Skin_Hospital_Dhn

बेलायत पठाईदिन्छु भन्दै ७६ लाख ठगी गर्ने युद्ध पक्राउ

काठमाडौंः बेलायत पठाईदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायत पठाईदिने भन्दै ठगी गर्ने बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसीलाइ पक्राउ गरेको हो ।

युद्धले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–२८ स्थित बागबजार बस्ने युद्धले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिएका थिए ।

प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले बताएको छ ।

सम्बन्धित
Loading...