Skin_Hospital_Dhn

घरमाथि लरी पल्टिँदा एकै परिवारका दुईसहित तिन जना बालबालिकाको मृत्यु

विराटनगरः औद्योगिक कच्चा पदार्थ बोकेको लरी घरमाथि पल्टिँदा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ । मोरङको बूढीगंगा–४ को प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको घरमाथि लरी पल्टिँदा ज्यान गएको हो ।

सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१ नम्बरको लरी नहरसँगै जाडिएको ज्योति अधिकारीको घरमाथि पल्टिँदा अधिकारीका ४ वर्षीया छोराछोरी इसिता र निशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । इसिता र निशान्त जुम्ल्याहा हुन् ।

त्यस्तै, छिमेकी सन्जु खवासका १० वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जानकारि दिएको छ ।

सम्बन्धित
Loading...