
काठमाडौँ: चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेल र विरोधमा उत्रिएका कलाकारबीच समझदारी भएको छ। ‘इन्द्रेणी’बाट निकालिएका भनिएका ६ जनामध्ये ५ कलाकार र सञ्चालक कँडेलबीच बिहीबार राति लिखित सहमति भएको हो।

स्रोतका अनुसार दुवै पक्षले एकअर्काविरुद्ध अब कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमतिपत्रमा जनाएका छन्। निकालिएका भनिएका कलाकारले चाहेमा इन्द्रेणीमा फर्काउनसमेत कँडेल तयार भएका छन्, तर कलाकारले तत्काल नफर्किने बताएका छन्।

सहमतिको वार्तामा कँडेललाई यौन दुर्व्यवहारको आरोप लगाउने कलाकार शर्मिला श्रेष्ठ भने आइनन्। शर्मिलासहित ६ जना फेसबुक लाइभमा आएर कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए।
कँडेलले पनि पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए। उनले शर्मिलालगायतिवरुद्ध अदालतमा मानहानिको मुद्दासमेत दिएका छन्।
