
काठमाडौँ: राष्ट्रिय फुटबल टोलीका कप्तान तथा प्रभावशाली गोलरक्षक किरण चेम्जोङलाई पुत्रलाभ भएको छ ।

मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको किरणले किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनीहरूको यो पहिलो सन्तान हो।

नवजात शिशु र पत्नीसहितको तस्वीर राख्दै किरणले फेसबुबमा लेखेका छन्, ‘तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ! हाम्रो सुन्दर संसारलाई खुसी बनाउँदै खुशीको सानो बन्डल आइपुगेको छ, यो संसारमा स्वागत छ हाम्रो जुनियर!’
लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले २०७९ भदौमा विवाह गरेका थिए।
