नेप्से स्थिर रहदा कारोबार रकम घट्यो
काठमाडौं ।
सेयर बजार परिसूचक नेप्से सामान्य घटे पनि स्थिर जस्तै देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य उतारचढाब देखिए पनि खरिदकर्ता र विक्रीकर्ता दुबै हाबी हुन नसक्दा बजार परिसूचक स्थिर जस्तै देखिएको हो ।
सेयर बजारमा लाभांश सिजन सकिए पछि लगानीकर्ता निष्कृय बन्दै गएको छ । तर, बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा बजार बढ्ने अपेक्ष पनि लगानीकर्तामा देखिन्छ ।
बिहीबार नेप्सेमा बैंकिङ, विकास बैंक, लघुवित्त, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट हुँदा बीमा, हाइड्रोपावर र व्यापार उपसूचक बढेका छन् ।
नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटको छ । ७७ लाख ६४ हजार १५३ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ८६ करोडको कारोबार भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ९ करोड ७१ लाखको सेयर कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ६२ लाख आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३९ लाखको कारोबार भएको छ ।