
काठमाडौँ: सुन र चाँदीको मूल्य आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदी पनि आज प्रतितोला ५ रुपैयाँले महंगो भएको छ।

योसँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार छापावाल सुन १ लाख १८ हजार, तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० र चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
