Skin_Hospital_Dhn

ठगी आरोपमा वडाअध्यक्ष सुवेदी पक्राउ

काठमाडौँ: ठगी आरोप लागेका पोखरा महानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष दीपक प्रसाद सुवेदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडाअध्यक्ष ४२ वर्षीय सुवेदीलाई पक्राउ गरेको हो।

ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका सुवेदीलाई पोखरा–६ बैदामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। फागुन ८ गते पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित
Loading...