Skin_Hospital_Dhn

रूससँगको युद्धमा हालसम्म युक्रेनका ३१ हजार सैनिक मारिएको पुष्टि

किभः रूससँगको युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन् ।

तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्वजनिक नगर्ने जनाएका छन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रूससँगको युद्ध सुरु भएको दुई वर्ष पुगेको अवसरमा उनले यो संख्या सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान जोखिममा पर्दै गए पछि यो तथ्यांक सार्वजनिक गर्नु परेको बताएका छन् ।

‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतबार टेलिभिजन सम्बोधनमा भनेका छन् । युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा चेतावनी दिएका थिए कि मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन । जनवरीमा, युरोपेली संघले यी मध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताए पछि युक्रेनको अवस्था थप दयनीय हुन सक्ने जनाइएको छ ।

सम्बन्धित
Loading...