Skin_Hospital_Dhn

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँः आज प्रि–ओपन सेसनमा नेप्से सूचक बढेको छ । प्रि–ओपन सेसनमा १.८७ अंकले बढेसँगै सूचक १९८०.८९ विन्दुमा पुग्यो ।

सेसन अवधिमा १६ कम्पनीको १ हजार १४ कित्ता सेयर किनबेच हुँदा ४ लाख ८८ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल २६ वटा कारोबार भयो । ९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

सम्बन्धित
Loading...