
काठमाडौँ: बाराको निजगढमा एक शंकास्पद वस्तु विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा परि घाइते भएका ६ जनामध्ये अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विस्फोट भएको थियो। तामाजस्तो देखिने वस्तु खोलेर काट्न लाग्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।

उक्त वस्तु काट्ने क्रममा भएको विस्फोटमा परि निधन भएका सो वर्कशपका सञ्चालक हुन्। अन्य घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
