Skin_Hospital_Dhn

भजन शिरोमणिको उपाधि पाएका गायक भक्तराज आचार्यको निधन

काठमाडौँः भजन शिरोमणिको उपाधि पाएका गायक भक्तराज आचार्यको निधन भएको छ ।

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । संगीतकार टिका भण्डारीले उनको निधनबारे पुष्टि गरे । वि.सं. १९९९ असोज १६ गते जन्मेका आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो ।

भक्तराजले गाएका गीतहरू लोकप्रिय छन् । उनले गाएको जति चोट दिन्छौ देऊ मायालु बोलको गीत निकै लोकप्रिय छ ।

सम्बन्धित
Loading...