१२ संस्था तथा व्यक्तिविरुद्द प्रेमकी श्रीमतीले दर्ता गराइन् आत्महत्या दुरुत्साहनको उजुरी

काठमाडौं ।
आत्मदाहपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले श्रीमानले मृत्युअघि फेसबुक स्टाटसमा उल्लेख गरेअनुसार नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छन् ।

बिहीबार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पुगेर नानुकाले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गराएकी हुन् ।

स्टाटसमा प्रेमले आरोप लगाएकाहरू कसूरदार भएको दाबी गर्दै आवश्यक कानुनी कारबाहीसहित नानुकाले क्षतिपूर्तिको पनि माग गरेकी छिन् ।

उजुरीमा काथबोर्ड इन्टरनेसनल कलेज, सान इन्टरनेसनल कलेज, सुजुकी सोरुम, इलाम सूर्योदय नगरपालिका–११ टेकबहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग कम्पनी र त्यहाँका सञ्चालक उपेन्द्र महतो एवं समताप्रसाद, गोल्यान एग्रो, अनिल बस्नेतको मेरो तरकारी डट कम, डाबर नेपाल प्रालि, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारमाथि पनि जाहेरी दिइएको छ ।

सम्बन्धित
Loading...