Skin_Hospital_Dhn

उन्नत आलु खेती र पछौटे डढुवा, रोग व्यवस्थापन

प्रस्तुतकर्ता : राजेन्द्र बम, कृषि बिज्ञ

परिचयः संसारभर नै खाद्य सुरक्षामा आलुको (SolanumtuberosumL.) स्थान उच्च रहेको छ । अझ नेपालको सन्दर्भमा मध्यदेखि उच्च पहाडमा प्रायः सधैजसो खाद्य सङ्कट हुने र त्यस क्षेत्रमा वर्षमा एक वा दुई आलु बाली एकै जग्गाबाट सजिलै लिन सकिने भएको हुनाले त्यस्ता क्षेत्रमा आलुले खाद्य सङ्कट टार्न खेलिरहेको भूमिकालार्ई नकार्न सकिँदैन। यो जातीय अनुसन्धान प्रविधि विकासको प्रमुख आधार हो । यसका लागि विश्व स्तरमा अन्तर्राष्ट्रिय आलु अनुसन्धान केन्द्र (सिआइपी), लिमा, पेरु र राष्ट्रिय स्तरमा आलु अनुसन्धान कार्यक्रम (पीआरपी), खुमलटार जिम्मेवार संस्थाहरू हुन् । जातीय अनुसन्धान अन्तर्गत निम्न कुराहरूलार्ई आधार बनाइ जातीय अनुसन्धान तथा छनौट कार्यहरू गरिन्छन् । आलुको जात छान्दा आलुलार्ई उम्रन लाग्ने दिन, वृद्धिको एकरूपता (Uniformity), बोटले ढाक्ने क्षेत्रफल (GroundCoverage), बोटको उचाइ, मुख्य डाँठको सङ्ख्या, आलुमा लाग्ने रोगहरू, आलु तयार हुन लाग्ने दिन, उत्पादन मात्रा, आलुको दानाको स्वाद र अन्य गुण, आदिको मूल्याङ्कन प्रमुख मानिन्छ ।

आलुका उन्मोचित तथा सिफारिस गरिएका जात र जातीय गुणहरू :-

आलुका उन्मोचित जातहरू

सूचिकृत गरिएका बीउ आलुका (TPS) जातहरू

                                                        आलु ‘जनकदेव’                                                                                                                                                         

                                          आलु ‘खुमल विकास’

बीउ आलुको गुणस्तर

१.जातीय रूपमा एकनास र भौतिक रूपमा स्वस्थ हुनुपर्ने ।

आलु काट्ने वा सिङ्गै रोप्ने ?

बीउ रोप्नका लागि टुसाइएका आलु
बीउ उत्पादनका लागि वा आगामी वर्ष बीउका लागि प्रयोग गर्ने सम्भावना भएसम्म बीउ काट्नु हुँदैन। रोग ग्रस्त वा रोगको आशङ्का भएको बीउ कहिल्यै काट्नु हुँदैन र रोप्नुहुँदैन । खाने आलु लगाउने हो र बीउको आकार ठूलोछ भने काटेका प्रत्येक टुक्रामा कम्तीमा ३-३ वटा आँखा/टुसा पर्ने गरी लगाउनुपुर्व २/४ दिन अगाडि काट्न सकिन्छ । यदि काटेपछि तुरुन्त लगाउने हो भने इन्डोफिलएम ४५ ढुसीनाशक विषादी ३ ग्राम प्रतिलिटर पानीमा राखी उक्त काटेको बीउ आलुलार्ई कम्तीमा ५ मिनेट डुबाउने र बाहिर निकाली बीउ ओभाएपछि लगाउन सकिन्छ । लगातार पानी परी माटोमा बढी चिस्यान भएको अवस्थामा आलु नकाटेर लगाउनु नै राम्रो हुन्छ ।

जमिनको तयारी तथा सिफारिस दुरी र आलु लगाउने विधि
माटोमुनि त्यान्द्रामा (stolen) फल्ने भएकोले जमिनलार्ई गहिरोसम्म जोतेर माटो खुकुलो बनाउनु पर्दछ । एक लाइन (ड्याङ) देखि अर्को लाइनको फरक ६० से.मि. र एक बीउ (दाना) देखि अर्को बीउलार्ई २५ से.मि. को फरकमा लगाउन सिफारिस गरिएको छ । आलु लगाउने विधि स्थान र उपलब्ध स्रोतसाधन अनुसार फरक – फरक हुन सक्छ । सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा सिफारिस दुरीमा २०–२५से.मि.को गहिरो कुलेसो बनाइ मल बीउ राखी ड्याङ नउठ्ने गरी जमिन को बराबरमा पुर्नुपर्दछ र उपलब्ध भएसम्म छापो (mulching) पनि दिन सकिन्छ । पछि गोडमेल गरी माटो चढाउँदा ड्याङ बन्न जान्छ । यसै गरी सिँचाइ सुविधा उपलब्ध भएको ठाउँमा सिफारिस दुरीमा १०–१५ से.मि.को गहिरो कुलेसो बनाइ माथि उल्लेख भएबमोजिम मल बीउ राखी २०–२५ से.मि.अग्लो हुने गरी ड्याङ उठाइन्छ ।

आलुलार्ई मल खाद र सिफारिस मलको मात्रा
बीसटन आलुप्रति हेक्टर फल्दा १६१.५ के.जी. नाइट्रोजन १७ के.जी. फस्फोरस र १५४ के.जी. पोटास माटोबाट आलु बालीले लिन्छ (सिंह,१९९१) । यस कारण आलुलार्ई धेरै खाद्यतत्व चाहिने बाली (heavy feeder) भनिएको हो।

आलुबालीलार्ई २५ देखि ३० टन कम्पोस्ट वा गोठे मल र रासायनिक मल १००: १००: ६० के.जी, नाइट्रोजन फस्फोरस र पोटास क्रमशः प्रति हेक्टर सिफारिस गरिएको छ । जसअनुसार हाल बजारमा उपलब्ध डी.ए.पी.(४६प्रतिशतको) २१७ के.जी.युरिया (४६प्रतिशतको) ८५के.जी. रम्युरेटअफ पोटास (६० प्रतिशतको) १०० के.जी. प्रतिहेक्टर पर्न आउँछ । यस हिसाबले डी.ए.पी. ११ के.जी., युरिया ७ के.जी. र म्युरेटअफ पोटास ५ के.जी., प्रतिरोपनी वा डी.ए.पी. ७ के.जी., युरिया ४ के.जी., रम्युरेटअफ पोटास ३.५ के.जी. प्रतिकट्ठा हुन आउँछ । आलु बालीलाई मल दिँदा आलु रोप्ने दिनमा नै सिफारिस दुरीमा १०–१५ से.मि.को गहिरो कुलेसो बनाई पहिले तिन वटै रासायनिक मलको मिश्रण राखी त्यसमाथि कम्पोस्ट वा गोठे मल वा कुखुराको सुली राखी त्यसमाथि बीउ दाना राखेर माटोले पुरी दिनु पर्दछ । मल राख्दा आलुका दाना र रासायनिक मलको प्रत्यक्ष सम्पर्क हुनुहुँदैन ।

आलुमा सिँचाइ व्यवस्थापन
आलुलार्ई उम्रन (Emergence), त्यान्द्रा फाल्न (Stolonformation) र दाना बढ्न (Bulking) पानीको आवश्यकता पर्ने (Criticalperiods) भएकोले यी अवस्थामा माटोमा चिस्यान कमी हुन दिनु हुँदैन । आलुलार्ई जहिले पनि हलुका सिँचाइ दिनु पर्दछ । यदि आलु ड्याङ लगाइएको छ भने ड्याङको आधा वा दुई तिहाइ भाग मात्र भिज्ने गरी सिँचाइ दिनुपर्दछ । आलु बालीले खडेरी सहन गर्न सक्दैन ।
गोडमेल तथा उकेरा दिने
आलुको गुणस्तरीय र बढी उत्पादन लिन गोडमेल र उकेरा दिनु अति आवश्यक छ । आलुका बोटहरू २०–२५ से.मि. अग्ला भएपछि पहिलो पटक उकेरा दिनु पर्दछ । आवश्यकताअनुसार दोस्रो पटक पनि उकेरा दिन सकिन्छ । त्यान्द्रा माटो टप्कन लाग्ने गरी ड्याङको बिचमा खनी माटो चढाउनुपर्दछ । माटो चढाउँदा आलुका दानालाई घामको प्रकाशबाट बचाउन सकिन्छ र दाना हरियो हुन पाउँदैन । हरिया आलुका दानाहरूमा विद्यमान सोलानिन नामक क्षारीय रसायन (alkoloid) खानका लागि उपयुक्त हुँदैन ।
रोगिङ्ग, झ्याङ हटाउने
बीउ आलु उत्पादनमा यी दुवै कार्य अनिवार्य छन् । बेजात एवम् रोगी बोट हटाइ रोगिङ्ग गरिन्छ । भने लगाएको आलु बीउ आकारको भएपछि खन्नु १०/१५ दिन अगाडि आलुका बोट उखेलेर वा काटेर हटाउनु पर्दछ । हाल्म पुलिङ्ग गरेको १०/१५ दिनपछि आलु खन्दा आलुको बोक्रा खुइलिँदैन, भण्डारण क्षमता र उमारशक्तिमा समेत सकारात्मक प्रभाव पर्दछ ।
आलु खन्ने, ग्रेडिङ र क्युरिङ
आलु तयार भएपछि बोट पहेंला भई ढल्न थाल्दछन् । त्यसपछि सकभर दाना नकाटिने गरी आलु खन्नुपर्दछ । आलु खनिसकेपछि ग्रेडिङ गर्नु नितान्त जरुरी हुन्छ । २५ ग्राम सम्म वा त्यो भन्दा साना लार्ई साना आलु (Undersize), २५–५० ग्रामलाई मझौला वा बीउ आलु र ५० ग्राम भन्दा बढीका आलुलाई ठुलो आलु (Oversize) गरी तीन ग्रेडमा छुट्टाउनु पर्दछ । ग्रेडिङ पश्चात् भण्डारण पूर्व हावा खेल्ने ठाउँमा फिँजाइ आलुको बोक्रा छिप्पाउन (क्युरिङ) गर्नु जरुरी हुन्छ ।
आलु बालीको पछौटे डढुवा(Lateblight) रोग र यसको व्यवस्थापन
आलुको बोट तथा दाना दुवै नरम तथा माटोमुनि फल्ने भएकोले धेरै किसिमका रोगहरू बाट आक्रान्त भएको पाइन्छ । हालका वर्षहरूमा आलुको रोग व्याध नियन्त्रणका हिसाबले केही अनुसन्धानका कामहरू तथा प्रविधिहरू सिफारिस त भएको पाइन्छ तर हाम्रो जस्तो पछौटे, गरिब मुलुकमा विकसित प्रविधिको उपलब्धता ज्यादै न्यून छ । हाल अनुसन्धानमा रोग निको पार्नेभन्दा रोग अवरोधक जातहरूको खोजीमा बढी ध्यान दिइएको पाइन्छ, यो एउटा सही दृष्टिकोण (Approach) पनि हो । आलुका प्रमुख रोगहरूमा पछौटे डढुवा, ओइलाउने, एैंजेरु, कालो खोस्टे, दाद, भाइरस रोग आदि पर्दछन् । यहाँ विशेष गरी आलुको पछौटे डढुवा र यसको उचित व्यवस्थापन प्रविधिबारे विस्तृत चर्चा गर्न खोजिएको छ ।
रोगको लागि अनुकूल वातावरण
(क) तापक्रमः अधिकतम (२०डिग्री सेल्सियस) न्यूनतम (१० डिग्री सेल्सियस)
(ख) वातावरणमा पानीको मात्रा (सापेक्षिक आर्द्रता)(८० देखि ९५प्रतिशत)
(ग) दिउँसो बादल वा कुहिरो लाग्नु ।
(घ) छिनछिनमा पानी पर्नु ।
(ङ) रातमा अत्यधिक मात्रामा शीत पर्नु ।
(च) हल्का हावा चल्नु आदि ।
आलुको पछौटे डढुवा रोग व्यवस्थापन
– रोग नलागेको विश्वासिलो स्रोतबाट बीउ आलु खरिद गर्ने।
– डढुवा अवरोधक वा सहन सक्ने आलुका जातहरूको खेती गर्ने जस्तै खुम सेतो–१, खुम रातो–२, जनकदेव, खुमललक्ष्मी, आइपिवाइ–८, खुमल उपहार, एलबीआर–४०, खुमल उज्ज्वल, खुमल विकास आदि ।
– आलुको रोपाइ स्थान अनुसार उपयुक्त समयभित्र गरी सक्नु पर्दछ ।
– आलु रोप्दा र पछि उकेरा लगाउँदा ड्याङमा प्रशस्त मात्रामा माटो चढाउनु पर्दछ ।
Loading...