
काठमाडौंः नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक आज बिहान साढे आठ बजेबाट सुरू भएको हो । आजको बैठकले कार्यविभाजनबारे टुंगो लगाउने छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद र राष्ट्रिय सभा अध्यक्षको विषय पनि निरूपण गरेको छ।


मंगलबार बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नहुने मत राखेका थिए । त्यस्तै, कांग्रेससँगको सहकार्य–गठबन्धनबारे पनि समीक्षा गर्नुपर्ने धारणा राखेका थिए।
माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने भएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग–अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्ने छलफल भएको थियो ।
