
काठमाडौंः त्रिदेशीय शृंखलाको दोस्रो खेलमा बलिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो ओभरमा पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका हुन् ।

करणले तेस्रो ओभरको पहिलो बलमा विकेट लिँदै नेदरल्यान्ड्सका म्याक्स ओ‘डाडलाई पभेलियनको फर्काएका हुन् ।

जारी खेलको सात ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले एक विकेट गुमाएर ५९ रन बनाएको छ । शृंखलामा नेपालको यो दोस्रो र नेदरल्यान्ड्सको पहिलो खेल हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
