

काठमाडौँ: सुनको मूल्य घटेको छ। बुधबार छापावाल सुन १ लाख १८ हजार २ सय र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो।
मंगलबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि सस्तिएको छ। चाँदी तोलामा ५ रुपैयाँ सस्तो भएर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
